काठमाडौं। पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको हो।
गोलञ्जोर गाउँपालिका–६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।
पहिरोमा परेर गोलञ्जोर–१ कुडुलेमा गाडी समेत पुरिएको छ।