ललितपुर। ललितपुर महानगरपालिकाको सेवा टाइम कार्ड प्रणालीबाट हुने भएको छ।
महानगरका मेयर चिरीबाबु महर्जनले पेस गरेको आर्थिक वर्ष (आव) २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा महानगरले प्रदान गर्ने सेवा टाइम कार्ड प्रणालीबाट हुने उल्लेख गरिएको हो।
मुस्कान सहितको सेवालाई व्यावहारिक रुपमा लागु गरी नगरवासीसँग प्रत्यक्ष सम्बन्ध रहेका सेवा प्रवाहमा टाइम कार्ड सिस्टम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी महानगरबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त प्रविधियुक्त नागरिकमैत्री पारदर्शी, जनउत्तरदायी र जवाफदेही बनाउने समेत नीति तथा कार्यक्रममा उल्लेख छ।