गुल्मी। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकाले हाइ–मास्ट लाइट जडान गरेको छ। नगरपालिकाले ‘उज्यालो सहर जनताको रहर’ भन्ने अभियानमार्फत हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।
नगरपालिकाले ‘उज्यालो सहर जनताको रहर’ भन्ने अभियान सुरु गरेको थियो। बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि उच्च क्षमताको हाइ–मास्ट जडान गरिएको हो ।
अग्लो र धेरै बजार क्षेत्र समेटने गरी राखिएको हाइ–मास्ट लाइट प्रविधियुक्त छन् ।