काठमाडौं। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति हालसम्म ३५ प्रतिशत पुगेको छ। आमा छोदिङ्गो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र तीव्र गतिमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको काम ३५ प्रतिशत सम्पन्न भएको हो।
सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, ४२० मिटर हेडरेस सुरुङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ। सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ।