बाँके। बाँकेका किसानलाई ७५ प्रतिशत अनुदानमा मोटर बोरिङ वितरण गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार करिब ४०० बोरिङ माग भएको जिल्लामा ३५० बोरिङ वितरण गरिएको हो।
बोरिङ वितरण गर्ने कार्य जारी रहेको केन्द्रले जनाएको छ। सिँचाइको सुविधा नभएको ठाउँबाट बढी माग भएको बताइएको छ। कतिपय स्थानमा भने पानीको सतह नभेट्दा बोरिङ वितरणका लागि अझै केही समय लाग्ने भएको छ।
बाँकेमा वर्षाको समयमा पनि पर्याप्त पानी नआउँदा यहाँको बर्खे धानखेती प्रभावित भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म दुई प्रतिशत मात्रै रोपाइँ भएको छ । जिल्लाको सबैभन्दा बढी डुडुवा गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा सो बोरिङको माग भएको छ। यसबाहेक नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका तथा खजुरा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा पनि किसानले अनुदानमा बोरिङको सुविधा लिएका छन्।