काठमाडौं। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । सन् २०१९ देखि निर्माण सुरु भएको सो जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको हाे।
आमा छोदिङ्गो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र तीव्र गतिमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति हालसम्म ३५ प्रतिशत पुगेको छ।
आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, ४२० मिटर हेडरेस सुरुङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ। सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ।