सुनसरी। इटहरी उपमहानगरपालिकाभित्रका चोक, मुख्य सडक र पत्येक पोलमा बत्ती जडान गर्न सुरु गरिएको छ। ‘उज्यालो इटहरी’ अभियान अन्तर्गत उपमहानगरले २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती जडान गर्ने कार्यको थालनि गरेको हो।
इटहरी वडा नं. १ को बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरेको छ। इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए।
उपमहानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफै बल्ने र उज्यालो हुँदा आफै बन्द हुने प्रविधिका छन् ।