फाइल तस्बिर
डडेलधुरा। परशुराम नगरपालिका–५, परीगाउँमा पक्की कुलो निर्माण गरिएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको लगानीमा एक हजार ५६० मिटर लम्बाइको कुलो निर्माण गरिएको गरिएको हो।
यो वर्ष ६४ लाख लागतमा कुलो निर्माण गरिएको हो। चालु आर्थिक वर्षमा १०४ वटा योजना भए पनि ७५ वटा योजना पूरा भएको कार्यालयले जनाएको छ । पक्की कुलो निर्माण नहुँदा खनेरै कुलो बनाउनुपर्ने बाध्यता हटेकोमा स्थानीयवासी खुसी देखिएका छन् ।