सङ्खुवासभा। जिल्लाको मकालु गाउपालिकामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको बाध क्षेत्रको टनेल थुनिदा अस्थायी बाधमा पानी भरिएको छ। लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले आयोजनाको डाइभर्सन टनेल थुनिएको हो।
अहिले उक्त बाँधमा पानी भरिएर करिब ७ सय मिटरको ताल बनेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिए।
फ्याक्सिन्दामा बाँध निर्माणको लागि ४२९ मिटरको डाइभर्सन टनेल निर्माण गरिएको थियो । उक्त टनेल भित्र बाढीले बगाएर ल्याएको ढुङ्गा तथा काठको लकडीले थुनिएको हुनसक्ने अध्यक्ष शेर्पाले बताए। पानीलाई टनेल तर्फ पठाउनको लागि बनाइएको बाँध अहिले भरिने क्रममा रहेका अध्यक्ष शेर्पाले जानकारि दिए।