तनहुँ। शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।
म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिका लगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ।