मुुस्ताङ। मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरिएको छ। भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि नदी किनारामा पक्की पर्खाल निर्माण गरेको हो।
भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण गरिएको हो।
विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो।
पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको स्थानीयले बताएका छन्। गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।