काठमाडौं। डेडिकेटेड विवादमा ५९ उद्योगले आफैं बिजुली काटेका छन् ।नेपाल विद्युत प्राधिकरणले केही उद्योगको विद्युत काटेपछि अन्य उद्योगीहरुले विरोधस्वरुप आफैं विद्युत काट्न थालेका हुन्।
उद्योगीले विज्ञप्ति जारी गर्दै ती उद्योगमा बिजुली नदिए सबै उद्योगको बिजुली आफैंले काट्ने चेतावनी दिएका थिए ।
यो चेतावनीपछि प्राधिकरणले बिजुली जडान नगरी उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको आरोप उद्योगीहरूले लगाएका छन् ।
आइतबार एक विज्ञप्ति निकाल्दै सोहीकारण आइतबारदेखि नै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको उद्योगीहरू जनाएका छन्।