काठमाडौं। सरकारले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट ३ सय दिनभित्र फिट गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि निर्णय गरेको छ। २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ।
मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय समेत गरिएको छ।
बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने र प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।