गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाका–७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बाढीले बगाएको छ। अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको हो।
लघु विद्युत परियोजनाका नहर खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य छन् ।
असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाले जनाएको छ।
नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् ।