काठमाडौं। संसदीय छानबिन विशेष समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सहकारी सञ्चालकहरुसँग छलफल गर्ने भएको छ। समितिले देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमुलक छलफल गर्ने भएको हो।
देशभरीबाट राम्रो सहकारी संचालन गरिरहेकाहरुलाई बोलाउने तय भइसकेको बताइएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाइसकेको छ ।
मंगलबार बसेको समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ ।
समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ ।