काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १२५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ। महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगले १ अर्ब ७५ करोड २१ लाख बराबरको योजना को डीपीआर तयार गरेको हो।
गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको र यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिने बताइएको छ।
डीपीआर तयार भएका ५८ योजना वडाहरूबाट माग भएर आएको महानगरले जनाएको छ। सम्पदा तथा पर्यटन विभागका २८, हरियाली आयोजनाका १३, सार्वजनिक निर्माण विभागका ६, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा योजनाका डीपीआर तयार भएका छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १र१ वटा आयोजनाका डीपीआर तयार भएका छन् ।