पर्वत। खनीयाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नति गरिएको छ। पर्वतको जलजला गाउँपालिका–८ मा पर्ने सडक १६ वर्षपछि स्तरोन्नति गरिएको हो।
उक्त सडका स्तरोन्नति भएपछि स्थानीयलाई आवतजावत गर्न, दैनिक उपभोग्य सामान ल्याउन सहज भएको छ। सडक स्तरोन्नति भएपछि आफूले उत्पादन गरेको कृषिजन्य सामान बजारसम्म लगेर सहजै बिक्रि गरी आफ्नो जिविकोपार्जन गर्न सहज भएको स्थानीयले बताए।
सो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको ५०/५० प्रतिशत लागतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिएको हो।