काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
सङ्खुवासभा–काठमाडौं पत्रकार सङ्घले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन्।
उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नती गर्न सकिने समेत बताए। उनले धेरै आशा नबाँडि सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरेर परिणाम दिने गरी काम गर्ने समेत प्रतिबद्धता जनाए।