काठमाडौं। काठमाडौंको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प निर्माण गरी सञ्चालनमा ल्याएको छ। नवनिर्मित पेट्रोल पम्पको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन्।
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा ५० हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको पेट्रोल पम्प निर्माण भएको छ। उक्त पम्प सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन्।