कालीकोट। सर्पको टोकाइबाट गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिवार हेलिकप्टरबाट उद्धार गरिएको हो।
घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको जिल्ला अस्पतालमा उपचार गर्न लगिएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उद्धार गरेर शनिवार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ।