काठमाडौं। दरौंदी नदी आंशिक जलायश जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। मनकामना दरौँदै हाइड्रोपावर कम्पनी लिमिटेडले गोरखामा ९.८४ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो।
कम्पनीले आयोजना निर्माणका लागि विद्युत विकास विभागमा अनुमति माग गरेको छ। आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको मार्कीचोक सबस्टेशनमा जोडिने निर्माण कम्पनीले जनाएको छ।
आयोजनाको बाँध, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस पाइपा हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, पावर हाउस र टेलरेस जस्ता संरचना गोरखा नगरपालिकाको वडा नम्बर १२, १३ र १४ मा निर्माण गरिने बताइएको छ।