काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले उद्योगहरुले प्रयोग गरेको विद्युत महसुल तिर्नु पर्दैन नभनेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विद्युत महसुलका बारेमा आफूमाथि गलत रुपम प्रश्न उठाएको भन्दै उद्योगहरुले प्रयोग गरेको विद्युत महसुल तिर्नु पर्दैन भनेर आफूले नभनेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह समेत गरे।
प्रधानमन्त्री ओलीले भने, ‘मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन। माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन।’
उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् मसहुल तिर्नु नपर्ने उनले बताए।