काठमाडौं। प्रभु बैंक लिमिटेडको स्वामित्वमा प्रभु स्टक मार्केट लिमिटेड सञ्चालनमा ल्याइएको छ। प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार उक्ट मार्केटको उद्घाटन गरेका हुन्।
मार्केटको उद्घाटन गर्दै अध्यक्ष सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने बताए।
उद्घाटन कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे ।