काठमाडौं। सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द भएको छ । दुर्घटनापछि यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो।
उक्त वायुसेवा शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्को लागि उडान बन्द गरेको बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। दुर्घटनाबाट १ जनाको उद्दार गरिएको थियो।
जहाजमा १९ जना सवार थिए। जहाजमा भएका सबैजना सौर्य एयरलाइन्सका कर्मचारी रहेका थिए। १९ जना सवार जहाजमा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको उद्धार गरिएको थियो।
सोही दुर्घटना पछि सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द गरिएको बताइएको छ।