काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्योकज–१ को काम ३५ प्रतिशत पूरा भएको छ। समग्रमा ५९ प्रतिशत भौतिक प्रगति भएको १४० मेगावाटको आयोजनाको प्याकेज १ को ३५ प्रतिशत भौतिक प्रगति भएको हो।
आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले प्याकेज १ को काम अहिले निरन्तर गरिरहेको छ। वर्षाका कारण केही समस्या भएको निर्माण कार्य वर्षा सकिने बित्तिकै निर्माणले गति लिने निर्माण कम्पनीको भनाइ छ।
प्याकेज–२ र ३ को भने ७३ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ।