काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र नेपालमा शतप्रतिशत विद्युतीकरण भइसक्ने बताए। शुक्रबार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले दुई वर्षभित्र नेपालभर शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताएका हुन्।
मन्त्री खड्काले दुई वर्षको लक्ष्य राखे पनि त्यसअघि नै लक्ष्य प्राप्त गर्ने गरी काम भइरहेको समेत दाबी गरे। उनले विद्युतको क्षेत्रमा समय सापेक्षित विषयको खोजी गर्न महासङ्घलाई आग्रह समेत गरेका छन्।
हिजो योगदान पुर्याएकाहरुको उच्च कदर गर्दै भोलि आउने कुराको नयाँ खोजका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ।