काठमाडौं। नेपालाबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यातका लागि भोली साउन १३ गते सम्झौता हुने भएको छ। भोली नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने भएको हो।
सम्झौता समारोहमा उपस्थित हुन उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफ्ना भारत र बंगलादेशका समकक्षि मनोहर लाल र नसरुल हमिदलाई यसअघि नै पत्रचार समेत गरिसकेका छन्। यो सम्झौता नेपाल, भारत र बंगलादेश तीनवटै देशका लागि एतिहासिक हुने भएकाले तीन वटै देशका मन्त्रीहरुको उपस्थितिका लागि पत्रचार गरेको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्नेछ। नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो ।