काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत उत्पादन गरी स्वदेशमै उपभोग बढाउने र बचेको बेच्ने सरकारको नीति रहेको बताएका छन्।
अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा विद्युत उत्पादनलाई बढाइ धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत निर्यात गर्ने नीति रहेको बताएका हुन्।
उनले भने, ‘विद्युत उत्पादन गरी, अत्यधिक मात्रामा उपभोग गरेर बचेको बिजुली बेच्ने हाम्रो नीति हो।त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौँ।अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्नसक्ने अवस्थामा छौँ।’