काठमाडौं। खराब मौसमका कारण इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थल बन्द रहेको छ। उक्त विमानस्थल दुई महिना लामो समयदेखी बन्द रहेको हो।
हाल बर्खाको समय रहेको र वर्षा धेरै हुने भएका कारण मौसम कतिबेला कस्तो हुन्छ भर नहुँने भएका कारण दुइ महिनादेखी बन्द गरिएको विमान्स्थलले जनाएको छ। जबसम्म मौसममा सुधार आउदैन तबसम्म हवाई सेवा बन्द नै रहने बताइएको छ।
हवाई सेवा बन्द भएपछि सो क्षेत्रका यात्रुहरु समस्यामा परेको स्थानीयले बताए।