काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १० हजार मेगावाट निर्यात गर्न लिएको लक्ष्य समयअगावै पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका छन्। मन्त्री खड्काले मंगलबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले भने, ‘जलविद्युत् निर्माणमा हाल बेहोरिरहेका बाधा अवरोध हटाउन कानुन संशोधनलगायतका काम गर्न हामी क्रियाशील हुन्छौँ। १० वर्षभन्दा पहिले नै १० हजार मेगावाट निर्यात गर्ने गरी काम गर्नु पर्छ।’
मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणले वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षतिका न्यूनीकरणका लागि वृक्षरोपण महत्वपूर्ण कार्यक्रम भएको समेत बताए।