काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र नेपाल बीमक संघ जलविद्युत् आयोजनाको बीमा गर्दा ‘डि–ट्यारिफ’ प्रप्णालीमा जान सहमती भएको छ। इपानले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयको छलफलबीच जलविद्युत आयोजनाको बीमालेख जारी गर्दा ‘डि–ट्यारिफ’ प्रप्णालीमा जान दुई संस्थाबीच सहमती भएको जानकारी दिएको हो।
नेपाल बीमा प्राधिकरणले २०७८ असार ६ गते ुमिनिमम प्रिमियम रेट फर नन-ट्यारिफ इन्स्योरेन्सु निर्देशिका जारी गरेपछि त्यसका प्रावानका विरोधमा इपान आन्दोलनमै उत्रिएको थियो । निर्देशिका कार्यान्वयनपछि आयोजनाहरूको लागत बढ्न जाने तथा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउँदा बीमक र बीमित बीचमा विवाद बढ्ने भन्दै फिर्ता लिनुपर्ने इपानको माग थियो ।
बीमा प्राधिकरणले इप्पान र बीमक संघलाई यसबारे सहमतिमा आउन निर्देशन दिएपछि इपानको तर्फबाट अध्यक्ष, गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी र उपाध्यक्ष उत्तम भ्लोन तथा नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्री, उपाध्यक्ष बीरेन्द्र वैदवार र महासचिव अशोककुमार खड्का भएको समिति गठन गरिएको थियो ।
समितिमा लामो छलफलपछि डि–ट्यारिफ मा जाँदा उपयुक्त हुने निष्कर्षसहित सर्वसम्मत निणर्य भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।