खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चार दिनपछि विद्युत सेवा सुचारु भएको छ। साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर परिवर्तन गरेर विद्युत सेवा सञ्चालनमा ल्याएको हो।
चट्याङले खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत आपूर्ति बन्द भएको थियो। ट्रान्सफरमर जलेर विद्युत सेवाबाट वञ्चित भएपछि स्थानीयले प्रत्येक घरबाट पैसा उठाएर नयाँ ट्रान्सफरमर किने।
विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले उक्त नयाँ ट्रान्सफरमरको जडान गरेपछि शुक्रबार रातिदेखि विद्युत् सञ्चालनमा आएको स्थानीयले बताए।