काठमाडौं। बागमती प्रदेश निर्माण व्यवसायी महासंघको चौंथो साधारणसभा आगामी भदौमा हुने भएको छ। महासंघकाे श्रावण २० गते बसेकाे पूर्ण बैठकबाट चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन भदौ २५ र २६ गते गर्ने निर्णय भएकाे हाे।
साधारणसभा र अधिवेशन हुने स्थानका बारेमा भने अर्को सूचनामा जानकारी गराउने उल्लेख गरिएको छ। महासंघले एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गतका जिल्ला संघहरुलाई नियमित नविकरण गर्न समेत आग्रह गरेको छ।