काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा रसुवाको स्याफ्रुबेशीका लागि उडेको जहाज (९एन–एजेडी) दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चार जना चिनियाँ नागरिक र एक जना अर्थात पाइलट चाँहि नेपाली रहेको प्रहरीले जनाएको छ। पाइलट क्याप्टेन के मल्लका साथै चिनियाँ नागरिकहरु जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सीको मृत्यु भएको हो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर उडान भएको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई दुर्घटनामा परेको हो।