काठमाडौं। हिमालय एयरलाइन्सले आगामी भदौदेखि कुवेतमा उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा उडान गर्ने भएको हो।
एयरलाइन्सका अनुसार आगामी दिनमा आवश्यक परेको खण्डमा उडान थप गर्दै जाने भएतापनि अहिलेलाई प्रत्यक हप्ताको मङ्गलबार उडान गरिने भएको छ।
काठमाडौंबाट कुवेतका लागि मङ्गलबार १२ः४५ मिनेटमा उडान भर्ने एयरलाइन्सले जनाएको छ।