काठमाडौं। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको छ। संखुवासभामा प्रस्तावित तल्लो अरुणका लागि खाँदबारी नगरपालिकाका वडा नम्बर २, ८, ९, १०, ११ मा मुआब्जा निर्धारण गरिएको हो।
मुआब्जा निर्धारण समितिको साउन २५ गतेको बैठकले अधिग्रहण गरिने जग्गाको मुआब्जा दर वर्गअनुसार प्रतिरोपनी कम्तीमा ५ लाख रुपैयाँदेखि बढीमा ३४ लाख रुपैयाँसम्म तोकेको छ।
कोसी राजमार्गको १०० मिटरभित्र राजमार्ग र प्रस्तावित आसपासमा पर्ने जग्गालाई पहिलो वर्गमा राखि मुआब्जा प्रतिरोपनी ३४ लाख रुपैयाँ तोकिएको छ। बसपार्क पछाडीका जग्गाहरूलाई दोस्रो वर्गमा राखि प्रतिरोपनी २८ लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी तेस्रो वर्गका जग्गाको १४ लाख ७० हजार रुपैयाँ र अन्तिम वर्गमा सित्तलपाटीको जग्गाको मूल्य प्रतिरोपनी ५ लाख रूपमा तोकिएको छ।