काठमाडौं। नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित भएर पहिरो बारे पूर्वसूचना प्रणाली बनाउन सुरु गरिएको छ । जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा उक्त प्रणाली तयार गर्न लागिएको हो।
उक्त प्रणालीले देशको सबै क्षेत्रको भूगोलको परीक्षण गरी कुन ठाउँमा कति पानी पर्दा पहिरो आउन सक्छ भनेर विश्लेषण गरी मोबाइल एपमार्फत पूर्वसूचना दिनेछ।
खानी तथा भूगर्भ विभागले परियोजना नै बनाएर विभागमा भूगर्भविद्हरूको टोली खटाएको जनाएको छ। विभागका अनुसार यो प्रणाली तयार हुन अझै दुई वर्ष लाग्नेछ।