जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् सबस्टेशन निर्माण गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले १० करोड रूपैयाँ लागतमा सबस्टेशन निर्माण गरेको हो।
ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको छ। निर्माण पूरा भएको सबस्टेशन अब एक महिनामा चार्ज गर्ने निर्माण कम्पनी वाइबा इन्फ्राटेक प्रालिले जनाएको छ।
प्रधिकरणको प्रदेश कार्यालयका अनुसार तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्नेछ।