कास्की। कास्कीको जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण पूरा भएको छ। सेती नदी जलविद्युत आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सम्पन्न भएको हो।
बुधबारदेखि पेनस्टक पाइपमा पानी हाल्न सुरु गरिएको छ र वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरू हुने आयोजनाले जनाएको छ।
पवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका अनुसार ‘वेट टेष्ट’को काम सकिएको दुई हप्ताभित्रमा परीक्षण उत्पादन सुरु हुनेछ। त्यसपछि मात्र आयोजनाको व्यावसायिक उत्पादन सुरु हुने बताइएको छ।