काठमाडौं। उपसभामुख इन्दिरा रानाले नेपालमा कृषि, पर्यटन र जलविद्युतको उचित प्रयोग हुन नसकेको बताएकी छन्। बिहीबार एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले नेपालमा कृषि, पर्यटन र जलविद्युतको अपार सम्भावना भए पनि उचित प्रयोग गर्न चुकिरहेको बताएकी हुन्।
उनले नेपालीपन अरुले नक्कल गर्न थालेको र स्वयं नेपालीले भने आफ्नोपन छाड्दै गएकोमा दुख समेत व्यक्त गरेकी छन्।
एक अर्को प्रसंगमा उनले व्यवहारिक शिक्षाको आवश्यकता पनि औल्याइन। आफुले बाल्यकालमा पढ्न नपाएका कारण बालकालिकाको शिक्षाको लागि काम गरेको स्मरण गर्दै उनले स्थानीय तह बालबालिकाप्रति संवेदनशील बन्ने हो भने कोही पनि सडक बालबालिका बन्नु नपर्ने दाबी गरिन् ।