काठमाडौं। ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निर्माणका लागि सात अर्ब बढीको लगानी जुटेको छ।
लक्ष्मी सनराइज बैंकको अगुवाईमा आयोजनामा सात अर्ब सात करोड ऋण लगानी गर्नका लागि बैंकहरु र अपर बलेफी हाइड्रोपावर लिमिटेडबीच सहमति भएको हो।
सम्झौतापत्रमा अपर बलेफीका निर्देशक सञ्जयकुमार साह र लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवरलगायतले हस्ताक्षर गरेका छन्।
कुल ९ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको बाँकी कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरुले गर्ने बताइएको छ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित बलेफी नदीको पानी प्रयोग गरेर आयोजना निर्माण गर्न लागिएको छ।