काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावली अघि बढाउन निर्देशन दिएका छन्।
सिंहदरबारमा बसेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको वोर्ड बैठकमा मन्त्री खड्काले नवीकरणीय उर्जाको विकासका लागि नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भे अगाडि बढाउन निर्देशन दिएका हुन्।
उनले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पुरा गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने समेत बताए ।
नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ ।