काठमाडौं। भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्न लागेको हो।
यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
भारतले पहिलाे पटक नेपालबाट सन् २०२१ अक्टोबरमा ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो तथ्यांक २४ गुणाभन्दा बढी पुगेको छ।