काठमाडौं। नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। महासंघका अध्यक्ष चन्द्र ढकालले महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन्।
सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान छ। यसअघि महासंघको तर्फबाट बोर्डको सञ्चालक रहेका उपाध्यक्ष सुरजकृष्ण वैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले अवस्थीलाई सिफारिस गरेको महासंघले जनाएको छ।