काठमाडौं। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-८ मा निर्माणाधिन बुकु काष्टी जलविद्युत् आयोजनाको लागि प्रसारण लाइन निर्माण गरिने भएको छ। ३३ केभीको १०.९ किलोमिटर लामो सिङ्गल सर्किट विद्युत् प्रसारण लाइन निर्माण गर्न लागिएको हो।
प्रसारण लाइन निर्माण गर्न हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ।
निर्माण गर्न लागेको प्रसारण लाइन आयोजनाको स्वीचयार्डदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ हुँदै रामेछापको उमाकुण्ड गाउँपालिका–२ मा रहेको बाम्ती सबस्टेशनमा जोगिने छ।