काठमाडौं। आशुतोष इनर्जी लिमिटेडले २ मेगावाटको चेपे खोला क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले लमजुङ र गोरखाको दूधपोखरी र अजिरकोट गाँउपालिका अवस्थित चेपे खोलाको पानी प्रयोग गरेर आयोजना निर्माण गर्न लागेको हो।
आयोजना निर्माण गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईईई) समेत स्वीकृत भइसकेको छ।
आयोजनाबाट २०८२ कात्तिकसम्म विद्रयुत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
आयोजनाबाट उत्पादित विद्युत् १.५ किलोमिटर लामो प्रसारण लाइनमार्फीड चेपे खोला साना जलविद्युत आयोजनाको स्वीचयार्ड हुँदै नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ।