काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त बजेटबाट ६ अर्ब १८ करोड रकम खर्च गरेको छ।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत एक महिनाको कार्यप्रगति बारे जानकारी दिँदै मन्त्रालयले प्राप्त गरेको १ खर्ब ५० अर्ब ५३ करोड बजेटबाट एक महिनाको अवधिमा ६ अर्ब १८ करोड खर्च गरेको जानकारी दिएको हो।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत बर्दिवास–निजगढ खण्डको २ वटा रेलपुल निर्माण सम्पन्न भएको समेत जानकारी दिएको छ।
त्यसैगरी साउन ३० मा चालक अनुमातीपत्र (ड्राइभिङ लाइसेन्स)लाई राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको समेत जानकारी दिइएको छ।