काठमाडौं। सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहको बताए। उनले निरन्तर निजी क्षेत्रसंग सम्वाद गरि उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको समेत उनको भनाइ छ।
उर्जामन्त्री दिपक खडकाले संसदमा बिचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको जानकारी दिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारको बताए।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए।
कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले समितिले निजी क्षेत्रलाई काम गर्न कानुन वाधक नहुने बताइन्।