काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार रहेको बताएका हुन्।
उनले सांसद नारायणप्रकाश साउदले सोधेको प्रश्नको जवाफ दिँदै मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/१२ सम्म करिब १३ हजार ५ सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यात गर्ने जानकारी समेत गराए।