संखुवासभा। संखुवासभामा निर्माणधीन अरूण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। ढुंगाले लागेर घाइते भएका बर्दिया ठाकुरबाबा नगरपालिका –९ घर भएका ४९ वर्षीय तुलसीराम थारुको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार आइतबार साँझ अरूण तेस्रोको अडिट–२ मा काम गर्ने क्रममा माथिबाट ढुंगा झरेर घाइते भएका थारुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो। अस्पतालका चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरिएको हो।